काठमाडौ ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई विश्वबजारमा प्रतिष्पर्धी बनाउन नीतिगत सुधार र द्रुत गतिको कार्यसम्पादन अनिवार्य रहेको बताउनुभएको छ । 

पार्टी केन्द्रिय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगार र पहुँच विश्वबजार’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । थापाले विगतमा आफूले कीर्तिपुरको सन्दर्भमा राखेको धारणा र त्यसपछि सिर्जित चर्चाबारे प्रस्ट पार्नुभयो ।

आफू सत्ता साझेदार दलको संयन्त्रमा रहँदा विज्ञहरूसँगको परामर्शमा आईटी क्षेत्रमा नीतिगत सुधारको प्रयास शुरु गरेको उहाँले उल्लेख गर्नुभयो । सोही क्रममा आएका ६ वटा अध्यादेशमध्ये एउटा महत्वपूर्ण हिस्सा सूचना प्रविधि क्षेत्रको सुधार रहेको उहाँको भनाइ छ । उक्त सुधारमार्फत नेपाली आईटी कम्पनीहरूलाई विदेशमा शाखा विस्तार गर्न र नेपालमा वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रक्रियामा केही सहजता प्रदान गरिएको थापाले बताउनु भयो । 

विश्वबजारमा भारत, फिलिपिन्स र कजाकिस्तान जस्ता देशहरूले सूचना प्रविधिको क्षेत्रमा तिब्र प्रतिष्पर्धा गरिरहेको उल्लेख गर्दै थापाले नेपालसँग ढिलासुस्ती गर्ने समय नभएको चेतावनी दिनुभयो ।