काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनालाई राजनीतिक विवादबाट मुक्त राख्नुपर्ने बताउनु भएको छ ।
अध्यक्ष ओलैले शुक्रवार एमाले मुख्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै राष्ट्रिय सुरक्षाको सुदृढ र विश्वसनीय संस्थाका रूपमा रहेको सेना सधैँ निष्कलंकित र निर्विवाद रहनुपर्नेमा जोड दिनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले भोटेकोशी बाढीपछि विपद् व्यवस्थापनमा खटिएको ग्रीन आर्मी नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतमाथि भने प्रश्न उठाउनुभएको छ ।
ओलीले सेनाको चुस्ता जस्तै देखिने पोशाक र कतिपयमा दज्र्यानी चिह्न समेत प्रयोग गरिएकोमा आपत्ति जनाउँदै त्यो समूहको परिचय र उद्देश्य , कानूनी आधार र खर्चबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ ।
अध्यक्ष ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु एमालेको अहिले मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै राहत सरकारी कोषलाई नभई पीडितलाई आवश्यक रहेको स्पष्ट पार्नुभएको छ ।