काठमाडौं   प्रधानमन्त्री बालेन्द्र साहले स्वास्थ्य र शिक्षण संस्थामा दलीय राजनीति निषेध गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री शाहले सोमबार देशैभरका विश्वविद्यालय र प्रतिष्ठानका उपलकुलपतिहरूसँगको छलफलमा विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो उपलकुलपतिहरूसँग साढे ३ घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्रीले विश्वविद्यालय र प्रतिष्ठानमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिनुभएको छ ।

छलफलमा सहभागी उपलकुलपतिहरुका अनुसार प्रधानमन्त्रीले अस्पताल, क्याम्पस र विद्यालय जस्ता संस्थामा राजनीति गर्ने थलो होइन, भन्दै स्वास्थ्य र शिक्षण संस्थामा दलीय प्रभाव र सङ्गठन राख्न नहुनेमा जोड दिनुभएको छ । प्रधानमन्त्रीले विद्यार्थी र कर्मचारी सङ्गठन खारेज गर्दा समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न आग्रह गर्नुभएको उपलकुलपतिहरुको भनाई छ ।

छलफलमा उपकुलपतिहरुले प्रधानमन्त्रीलाई जेनजी आन्दोलन र निर्वाचनपछि स्वास्थ्य र शिक्षण संस्थामा विद्यार्थी राजनीतिक गतिविधि सुस्त भएको र त्यस्ता सङ्गठन हटाउन पहल भइरहेको जानकारी गराउनुभएको छ ।