काठमाडौं प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टिकरण दिने विषयमा सहमति भएसँगै प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।
परराष्ट्रमन्त्री खनालले स्पष्टिकरण दिने विषयमा विपक्षी दलहरु सहमत भएसँगै सभाको बौठक बसेको हो । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टिकरण दिनुपर्ने माग गरेको छ ।
अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने भन्दै अरू मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा पठाउनुपर्ने धारणा राख्दै गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनेकुरा सुन्नमा आएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिनुभएको थियो ।