काठमाडौं।
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र संवाद भइरहेको जानकारी दिनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पार्नुभएको हो । उपसभापति शर्माले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताउनु भयो । १५ औँ महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्रीबीच सकारात्मक संवाद भइरहेको उहाँको भनाइ छ ।
पार्टीभित्र भइरहेका यी छलफलहरूले सकारात्मक निष्कर्ष निकाल्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको शर्माले उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनको प्रारम्भमै उहाँले पार्टीको आन्तरिक जीवन र एकताको विषयमा सञ्चारकर्मीहरूको जिज्ञासा सम्बोधन गर्दै नेतृत्व तहमा समझदारी कायम गर्ने प्रयास भइरहेको बताउनु भयो ।