काठमाडौं । गत २४ घण्टामा २ हजार ५ सय ११ सवारीचालक सवारी नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा २० लाख ८४ हजार रूपैयाँ राजस्व दाखिला भएको जनाएकाे हाे ।मादकपदार्थ सेवन गरेका १ सय ९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६६, संकेत बत्ती उल्लङ्घनकर्ता १ सय २९ र तीव्र गतिमा सवारीसाधन चलाएकाे आराेपमा १ सय ६७ जनालाई कारबाही गरिएको प्रहरीले बताएकाे छ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४२, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ६५, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय ५६, एकतर्फी सडकमा सवारी चलाउने १ सय ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३ सय २५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे हो ।