काठमाडौं ।
भारी वर्षासँगै रसुवा र नुवाकोटसहित देशका ६८ जिल्लामा देशका केही जिल्लामा आज ९असोज ८० आकस्मिक बाढीको उच्च जोखिम रहेकाे पूर्वानुमान गरिएकाे छ।
बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ। बिहीबार पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ। यी जिल्लामा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ ।
मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट र आसपासका जिल्ला भई बहने स–साना नदीमा समेत बहाव उल्लेख्य बढ्ने पूर्वानुमान हाे ।