मिस नेपाल २०२६ का लागि आवेदन खुला गरिएको छ र इच्छुक युवतीले एक महिनासम्म आवेदन दिन सक्ने आयोजकले जनाएको छ।

आवेदनका लागि उमेर १८ देखि २७ वर्ष, उचाइ कम्तीमा ५ फिट ३ इन्च, अविवाहित र न्यूनतम शैक्षिक योग्यता प्लस टु हुनुपर्नेछ।

एनआरएन नागरिकता कार्ड भएका मात्र आवेदनका लागि योग्य हुनेछन् र साउन मध्यतिर फिनाले आयोजना गरिने तयारी छ।

काठमाडौं । ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ ।

संस्थाका निर्देशक प्रमोद कंसाकारका अनुसार यसपटक पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धी छनोट गरिनेछ ।