अफगानिस्तानमा मुसलधारे वर्षापछि आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको संख्या ७७ जना पुगेको छ।

बाढीका कारण १ सय ३७ जना घाइते भएको प्रहरीले जनाएको हो । देशको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले ३ हजार ४ सय ६६ घरहरू पूर्ण र आंशिक रूपमा क्षतिग्रस्त भएको जनाएको छ । त्यस्तै, बाढीले ३ सय ३७ किलोमिटर सडक बगाएको हो । ११ हजार ६ सय ७६ एकड जमिन डुबानमा परेका छन् । त्यस्त,ै १ सय २१ वटा पानीका नहर र सिंचाई नेटवर्कमा क्षति भएको छ भने ५ हजार ८ सय ११ परिवारहरू विस्थापित भएका छन् । प्राकृतिक प्रकोपबाट प्रभावित अफगानिस्तानको मौसम विज्ञान विभागले आगामी दिनमा थप भारी वर्षाको पूर्वानुमान गरेको छ । विभागले विशेष गरी दुर्गम र जोखिमपूर्ण क्षेत्रहरूमा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ ।