काठमाडौं ।
अमेरिका र इरानबीच शान्ति वार्ता आयोजना गर्ने पाकिस्तानको पहललाई विभिन्न देशले समर्थन गरेका छन्
इस्लामावादमा भेला भएका साउदी अरब, टर्कीए र इजिप्टका विदेश मन्त्रीले पाकिस्तानको पहललाई पूर्ण समर्थन जनाएका हुन् । टर्कीएका विदेशमन्त्री हाकान फिदान, इजिप्टका बद्र अब्देलट्टी तथा साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान इस्लामावादमा भेला हुनुभएको हो । पाकिस्तानका उपप्रधान एवं विदेश मन्त्री मोहम्मद इशाक डारले एक सन्देशमार्फत सहभागीले वार्ता र कुटनीति नै दिगो शान्ति प्राप्त गर्ने एक मात्र व्यावहारिक मार्ग भएकोमा सहमति जनाएका बताउनुभयो । मध्यपूर्वमा थप सैन्य तनाव रोक्न आवश्यक रहेकोमा छलफलमा सहभागी विदेशमन्त्रीले जोड दिएका छन् । डारले भ्रमणमा आएका विदेश मन्त्रीहरूलाई अमेरिका र इरानबीच हुनसक्ने सम्भावित वार्ताको सम्भावनाबारे जानकारी गराएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।