एजेन्सी ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित आक्रमण गर्ने योजना बनाइरहेको सार्वजनिक भएको छ । बीबीसीका अनुसार अमेरिकी सञ्चारमाध्यम एक्सियोसले अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो समाचार प्रकाशित गरेको हो। राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा पानीजहाजमाथि भइरहेका आक्रमण रोक्न इरानको क्षेप्यास्त्र तथा राडार क्षमतामाथि सीमित हमला गर्ने विषयमा विचार गरिरेका छन् ।

बीबीसी फारसीले एक्सियोसको उक्त रिपोर्टलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूले होर्मुज जलमार्गमा सीमित हमला गर्ने विषयमा विचार गरिरहेको जनाएको छ ।

यसैबीच, गएराति इरानमा भएका अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। आक्रमणपछि तुरुन्तै इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो।