अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै राष्ट्रका केही सञ्चारमाध्यमले परिस्थितिलाई विकृत रूपमा प्रस्तुत गर्दै आएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । 

अमेरिकी ट्रम्पले द न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र सिएनएन लगायत मिडिया संस्थाको नाम उल्लेख गर्दै ती संस्थाले गलत शीर्षक राख्ने र वास्तविकताभन्दा फरक व्याख्या गर्ने दाबी गर्नुभएको हो । यस्ता मिडिया संस्था ‘अब अप्रासङ्गिक’ हुँदै गएको ट्रम्पको टिप्पणी छ । राष्ट्रपति ट्रम्पले आफ्नो पोस्टमा लामो विवरण दिँदै इरानको सम्पूर्ण सैन्य संरचना समाप्त भएको, सेना पछि हटेको र युद्धमैदानमा पूर्ण हार स्वीकार गरिएको अवस्थालाई उदाहरणका रूपमा उल्लेख गर्नुभएको छ । यस्तो अवस्थामा पनि विपक्षीले घटनाको अर्थ उल्ट्याउने ट्रम्पको दाबी छ । ट्रम्पले विशेष रूपमा डेमोक्रेटहरूलाई लक्षित गर्दै उनीहरूलाई ‘डुमाक्राट्स’ भनी उल्लेख गर्नुभएको छ ।

डेमोक्रेट र केही मिडियाले द्वन्द्वको वास्तविकता बुझ्न नसकेको ट्रम्पको आरोप लगाउनुभएको छ । ट्रम्पको यस्तो अभिव्यक्तिले अमेरिकी र इरानी युद्धविराम कमजोर हुने र कूटनीतिक प्रक्रियाअवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ ।