काठमाडौं आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले ओमानलाई ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको ओमन ३९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ७५ रनमा समेटियो हो । नेपालका लागि गुल्शन झा एक्लैले पाँच विकेट लिएका छन् ।
त्यस्तै, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । ओमानका विनायक शुक्लाले ४१ बलमा ३६ रन बनाएका छन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खेल सकिन एक बल अगावै सबै विकेट गुमाएर २ सय ५६ रन बनायो ।
नेपालका आशिफ शेखले सर्वाधिक ९४ रन बनाएका छन् । ओमनका लागि नदीम खानले तीन तथा शकील अहमद र हस्नैन शाहले समान दुई विकेट लिए । ओमनका जितन रमानन्दी र आर्यन विष्टले समान एक विकेट लिएका छन् ।