काठमाडौं ।
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आउँदो माघ पहिलो हप्तादेखि शुरु हुने भएको छ ।
प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यो प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ ।
प्रतियोगितालाई व्यवस्थितरूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ ।
आहा रारा गोल्डकप राजधानी काठमाण्डौ बाहिरको सबैभन्दा पूरानो फूटबल प्रतियोगिता हो । जुन २०५८ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको छ । सहाराले फुटबल प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकमबाट फुटबल एकेडेमी सञ्चालन गरेको छ ।