एजेन्सी ।
उहाँले अमेरिकासँग दुईवटा विकल्प रहेको उल्लेख गर्दै वार्तालाई ‘बौद्धिक मार्ग’ र सैन्य कारबाहीलाई ‘सजिलो तर उच्च स्तरको मार्ग’ का रूपमा व्याख्या गर्नुभयो ।
उहाँले अगाडि थप्नुभयो, ‘हामी सैन्य रूपमा पूर्ण तयारी (लक्ड एन्ड लोडेड) को अवस्थामा छौँ, तर वार्ता जारी रहेकाले यसबाट के परिणाम निस्कन्छ भन्नेमा हाम्रो ध्यान छ । मलाई लाग्छ उनीहरू निकै गम्भीर छन् र उनीहरू गम्भीर हुनु पनि पर्छ ।’
यद्यपि, वार्ताबाट निश्चित समाधान निस्कनेमा भने उहाँले पूर्ण विश्वास व्यक्त गर्नुभएन ।
ह्वाइट हाउसमा आफ्ना उच्च सल्लाहकार र अधिकारीहरूसँग इरानसँगको द्वन्द्वका विषयमा छलफल गरेलगत्तै ट्रम्पको यो टिप्पणी आएको हो । सिएनएनको रिपोर्टअनुसार ट्रम्पले इरान विरुद्धका सैन्य विकल्पहरूबारे पनि छलफल गर्नुभएको थियो । पछिल्लो समय इरानी सैन्य ठेगानाहरूमा अमेरिकी सेनाले लगातार १३ रातसम्म आक्रमण गरिरहेको सन्दर्भमा ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो ।