काठमाडौ ।
आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण भदौको अन्त्यदेखि हुने भएको छ ।
उक्त प्रतियोगिता यसै भदौ ३१ देखि असोज २ गतेसम्म हुने लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुन लागेको हो । अखिल नेपाल टेबल टेनिस संघको सहकार्यमा काठमाडौं–४ ठमेलस्थित आरम्भ संस्कार विद्यालयको वार्षिक कार्यक्रमअन्तर्गत उक्त प्रतियोगिता हुँदैछ । आयोजक आरम्भ संस्कार विद्यालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरुबाट महिला र पुरुष दुवै खेलाडी तथा टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा टिम, सिंगल्सतर्फ यु–१०, यु–१२, यु–१४ र यु–१६ गरि कुल १० स्पर्धा प्रतिस्पर्धा हुँदैछ ।
सिंगल्स स्पर्धाका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ६ हजार, तीन हजार र पन्ध्र सय रुपैयाँ नगदसहित ट्रफी र पदक पाउनेछ । प्रतियोगिता विद्यालयस्तरमा टेबल टेनिस खेलको विकास, विस्तार तथा प्रतिभावान खेलाडीहरुको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागेको आयोजकले बताएको छ । आरम्भ संस्कार विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्दै विद्यार्थीहरुलाई विशेष प्रोत्साहन प्रदान गर्दै आएको छ ।
हाल विद्यालयले विभिन्न खेल विधामा आवद्ध १६ जना खेलाडी विद्यार्थीलाई सय प्रतिशत निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ । टेबल टेनिसतर्फ ५, तेक्वान्दो र बास्केटबलतर्फ समान ३ तथा ब्याड्मिन्टन र क्रिकेटतर्फ समान एक जना खेलाडी विद्यार्थी रहेको आयोजकले जनाएको छ ।