ढाकामा भएको बोर्ड बैठकपछि फैजुर रहमान, शानियान तनिम र मेहरब आलम चौधरीले पदबाट राजीनामा दिएका हुन् । यससँगै बोर्डको चुनावपछि ६ महिनाभन्दा कम समयमा राजीनामा दिने निर्देशकहरूको सङ्ख्या ६ पुगेको छ । यस वर्षको जनवरीमा इश्तियाक सादिकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । गएको महिना अमजद हुसेनले मिडिया अध्यक्षबाट हटाइएको केही दिनपछि बोर्डमा राजीनामा बुझाएका थिए । यस्तै सरकारबाट मनोनीत यासिर मोहम्मद फैसलले गएको बिहीवार राजीनामा दिएका थिए । एकैपटक तीन जनाले राजीनामा दिएपछि बङ्गलादेश क्रिकेट बोर्डभित्रको वर्तमान अवस्था अझ चिन्ताजनक बनेको छ ।सरकारले अहिले गएको अक्टोबरमा भएको बीसीबी चुनावको अनुसन्धान गरिरहेको छ र गठन गरिएको समितिले अर्को हप्ता खेलकुद मन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाउने अपेक्षा छ । खेलकुदमन्त्री अमिनुल हकले पनि यस वर्ष भारत र श्रीलङ्कामा भएको टी–२० विश्वकपमा बङ्गलादेश किन भाग लिन सकेन भन्नेबारेमा अनुसन्धान चाहेको बताउनुभएको छ ।