काठमाडौं

एन्फाको निलम्बन फुकुवा गर्ने निर्दिेशन राखेपद्वारा अस्वीकार गरेराष्ट्रिय खेलकुद परिषद् राखेपले एन्फा निलम्बन फुकुवा गर्ने र तत्काल चुनाव गर्ने सम्बन्धमा विश्व फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसी को निर्देशन अस्वीकार गरेको छ । फिफा र एएफसीले गएको आईतबार राखेपलाई एन्फालाई गरिएको निलम्बनमा तेस्रो पक्षीय हस्तक्षेप भएको ठहर गर्दै सरकारलाई सात दिनभित्र निलम्बन फुकुवा गराई चुनाव गराउन निर्देशन दिएको थियो । हिजो राखेपले यही निर्देशन अस्वीकार गर्दै फिफा र एएफसीलाई पत्राचार गरेको हो । राखेपले निलम्बन फुकुवा गर्नको लागि चाँडै एन्फा, फिफा, एएफसी र राखेपबीच संयुक्त वैठक हुनुपर्ने शर्त राखेको छ ।