काठमाडौं

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत एपीएफले जित निकालेको छ । खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले हराएको हो ।एपीएफले दिएको २६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६.३ ओभरमा २१४ रनमै अलआउट भयो। अशोक धामीले ५० रनको अर्धशतकीय पारी खेले भने अभिषेक रिजालले ४४, दीपक बोहराले २४, मिलन बोहराले २३, शेर मल्लले १७, खडक बोहराले १६ तथा नरेन भट्टले १५ रन बनाए । बलिङतर्फ एपीएफका युवराज खत्री एक्लैले पाँच विकेट लिए। अभिषेक गौतमले दुई तथा कमल ऐरी र रोहित पौडेलले १ विकेट लिए।त्यसअघि रामजानकी स्टेडियम जनकपुरमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन जोड्यो। सन्दीप जोराले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै लोकेश बमले ४७, दीपक बोहराले ४६ तथा सुमित महर्जनले ४१ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले तीन, विकास आग्री र अशोक धामीले दुई–दुई तथा नरेन भट्ट र हेमन्त धामीले एक एक विकेट लिए ।