काठमाडौं ।

पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल लिग चरणका ५ वटै खेलमा पराजित भएको छ । 

आज भएको उज्वेकिस्तानसँगको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भयो ।

उज्वेकिस्तानले पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जित्यो । नेपाल पहिलो खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग ३–२, तेस्रो खेलमा पाकिस्तानसँग ३–० र चौथो खेलमा बङ्गलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो । योसँगै नेपाल प्रतियोगितामा ३ अङ्कसहित तालिकाको पुछारमा छ

६ वटा सहभागी प्रतियोगिताका शीर्ष ४ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । अब लिग चरणका २ खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । काभा पुरुष भलिबल च्याम्पियनशिपको फाइनल खेल पर्सि बुधवार १३ गते हुनेछ ।