काठमाडौं


शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने बताउनुभएको छ।फाप्ला क्रिकेट रङ्गशालाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री पोखरेलले आयोजनाको प्रगति मूल्यांकन गर्दै यसलाई विशेष प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने बताउनुभएको हो । आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्या ङ्कन (ईआइए) जस्ता महत्वपूर्ण प्राविधिक प्रक्रिया पूरा भइसकेको छ । फाप्ला पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले लामो समयको तयारीपछि आयोजना निर्माण्कोा चरणमा प्रवेश गरेको जानकारी दिँदै मन्त्रीस्तरीय चासोले काममा थप ऊर्जा मिलेको बताउनुभयो । निरीक्षण टोलीमा कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्य आनन्दबहादुर चन्द, कैलाली–३ का केपी खनाल लगायतको सहभागी रहेको थियो ।