अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो शान्ति प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गरेपछि स्ट्रेट अफ हर्मुजमा थप हिंसा हुने र तेल आपूर्तिमा अवरोध उत्पन्न हुने सम्भावना बढेको हो ।

यस हप्ता चीनको भ्रमणमा जान लागेका राष्ट्रपति ट्रम्पले आफ्नो चीन भ्रमणलाई सम्भवतः इरान युद्धको अन्त्यका प्रयासका लागि केन्द्रित गर्ने देखिएको छ ।यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय शिखर वार्ताका लागि तयारी गर्न चीन जानुअघि जापान र दक्षिण कोरिया भ्रमण गर्ने कार्यक्रम रहेको छ । जापानमा बेसेन्टले मंगलबार प्रधानमन्त्री साने ताकाइचीलाई भेट्ने तयारी गरेका छन् ।

टोकियोले येनलाई सहयोग गर्न हालै बजार हस्तक्षेपको रिपोर्ट गरेको छ । सोलमा उनले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेटवार्ता गर्ने बताए । वासिङ्टन र बेइजिङले एक वर्षअघि एक अर्काको निर्यातमा व्यापक करवृद्धि गरेका थिए भने ट्रम्प र सीबीच अक्टोबरमा दक्षिण कोरियामा एक वर्ष लामो व्यापार युद्धविरामका लागि सहमति भएको थियो ।