काठमाडौं । निरु व्युटी एकेडेमी एण्ड युनिसेक्स सलोनले काठमाडौंको स्वयम्भूस्थित एबिएस कम्प्लेक्सको चौथो तलमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ।

करिब डेढ करोड रुपैयाँ लगानीमा सुरु गरिएको शाखाको उद्घाटन सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सावित्रा कुमारी जैसीले गरिन्। उद्घाटनका अवसरमा उनले सलोनका सेवाप्रति सन्तुष्टि व्यक्त गर्दै उद्घाटन अफरको लाभ लिन सबैलाई आग्रह गरिन्।

प्रमुख सञ्चालिका निरु थिङका अनुसार उद्घाटनको अवसरमा पहिलो महिनाभर सबै सेवामा ४० प्रतिशतसम्म छुट दिइनेछ। उनका अनुसार धादिङको गजुरी, काठमाडौंको सामाखुशी ९टाउन प्लानिङ० र स्वयम्भू गरी तीन शाखाबाट एउटै गुणस्तरीय सेवा प्रदान भइरहेको छ।

सञ्चालिका सीता ढुङ्गानाका अनुसार सलोनमा महिला तथा पुरुष दुवैका लागि स्टाइलिश हेयरकट, केराटिन, म्यानिक्योर, पेडिक्योर, ग्लो(अप, ट्याटु हटाउने तथा छालासम्बन्धी विभिन्न उपचारलगायतका सेवा उपलब्ध छन्।

निरु थिङका अनुसार व्यवसायले हाल करिब दुई दर्जन व्यक्तिलाई रो

जगारी प्रदान गरेको छ। विद्यालय अध्ययनकालदेखि नै सौन्दर्य क्षेत्रमा रुचि भएकी थिङले साथीहरूको प्रेरणाबाट यस पेशामा प्रवेश गरेको बताउँदै सेवा विस्तारलाई निरन्तरता दिने योजना रहेको जानकारी दिइन्।