नेपालले हङकङलाई पराजित गर्दै एशियन गेम्स पुरुष क्रिकेट छनोटको उपाधि जितेको छ ।

सिङ्गापुरमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनको पराकिलो अन्तरले पराजित गरेको हो । हङकङले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय १४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो ।

नेपालका कुशल भुर्तेलले ६५, रोहित पौडेलले नटआउट ३५ रन बनाएका थिए । हङकङका आयुष शुक्ला र एहसान खानले १÷१ विकेट लिएका हुन् । यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनायो । हङकङका अंशुमन रथले ८०, शाहिद वासिफले ५५ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिएका थिए । यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेशिया र ओमान एशियाली खेलकुदमा छनोट भएका छन् ।