काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ गतेपछि मात्रै बस्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले १५ औँ महाधिवेशन सम्पन्न भएपछिको पहिलो केन्द्रीय कार्यसमितिको बैठक मंसिर ५ गतेपछिका लागि आह्वान गरिने जानकारी दिनुभयो । महामन्त्री पौडेलका अनुसार बैठक बोलाउने र बैठकमा के–के एजेण्डा राख्ने भन्ने विषयमा हाल छलफल भइरहेको छ ।

जिल्ला र प्रदेश अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको नेपाली कांग्रेसले अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट ती दुवै तहका अधिवेशनको मिति तोक्ने पार्टी सभापति गगन थापाले सार्वजनिक रूपमै बताइसक्नुभएको छ् ।