काठमाडौं ।

हिउँदयाममा साँझ र बिहान बाहेकका समयमा भारतबाट तीन सय ५० मेगावाट विद्युत् आयात गरिने भएको छ । 

नेपाल विद्युत प्राधिकरणले त्यसका लागि भारतको विद्युत मन्त्रालय अन्तर्गतको निकायबाट अनुमति पाएको छ । केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड र रियल टाइम बजारबाट प्रतिष्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । अनुमति अनुसार प्राधिकरणले २०८३ मंसिर १ गतेदेखि २०८४ साउन १५सम्म विद्युत् आयात गर्न पाउनेछ ।

भारतले बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न अनुमति दिएको हो । भारतले नेपाललाई ३ सय मेगावाट तथा न्यू नौतनिया–मैनहिया १ सय ३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी तीन सय ५० मेगावाट विद्युत् आयात गर्न अनुमति दिएको हो ।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४ सय ३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत प्रणालीबाट विच्छेद भएका छन् ।