काठमाडौं नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आइतबार भएको खेलमा नेपाल समूह ‘ए’ को माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले अन्तिम चारमा स्थान बनाएको हो । नेपालले माल्दिभ्सलाई २५–१२, २५–९, २५–२० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि नेपाल तीन खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।
भारत २ खेलबाट ५ अंकसहित दोस्रो र किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ ।
साथै सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाईनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्ने भएको हो । माल्दिभ्स समूहको तीन वटै खेलमा पराजित हुँदै बाहिरिएको छ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ३–२ सेटमा पराजित भएपनि दोस्रो खेलमा किर्गिस्तानलाई ३–० ले पराजित गर्दै पहिलो जित हात पारेको थियो ।