काठमाडौं  प्रधानमन्त्री कप एनभीए भलिबल लिग अन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

त्रिपुरेश्वरको कभर्डहलमा शनिबार भएको फाइनल खेलमा पुलिसले न्यु डायमन्ड युथ स्पोट्र्स क्लबलाई पराजित गर्दै चौथा पटक उपाधि जितेको हो । पुलिसले न्यु डायमन्डलाई ३–१ को सेटमा पराजित गरेको छ । उपाधि जितेसँगै न्यु डायमन्डले १० लाख र उपविजेता पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको हो ।

एनभीए लिगका उत्कृष्ट महिला र पुरुष दुवै टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा खेल गएको यहि वैशाख १० गतेदेखि शुरु भएको थियो ।