काठमाडौं ।

नेपाल र जापान बिचको खेल वर्षाका कारण रद्ध हुँदा २०औं एशियाली खेलकुदमा पुरुष क्रिकेटमा अंक बाँडेको छ । 

पहिलो खेलमा अफगानिस्तानलाई हराएको नेपालले दोस्रो खेलमा अंक पाएपछि समूह विजेता बन्दै क्वार्टरफाइनलमा श्रीलंकासककंग भेट पक्का गरेको छ । खेल आगामी सेप्टेम्बर २९ तारिखमा हुनेछ । त्यसअघि शनिवार कोरोगी एथ्लेटिक पार्कमा भएको खेलमा नेपालको इनिङ सकिएपछि लगातार वर्षा हुँदा खेल रद्द भयो। अंक बाँडिएसँगै नेपाल समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो । अब नेपालले श्रीलंकासँग सेप्टेम्बर २९ तारिखमा खेल्नेछ । जापान भने समूहचरणबाटै बाहिरियो । जापानले पहिलो खेलमा अफगानिस्तानसँग हार व्यहोरेको थियो । नेपालले भने शुक्रवार अफगानिस्तानमाथि पाँच विकेटको जित रचेको थियो । त्यो जित नै नेपालका लागि समूह विजेता भएर क्वार्टरफाइनलको यात्रा तय गर्ने बलियो माध्यम बन्यो । अफगानिस्तानले भने भारतसँग क्वार्टरफाइनल खेल खेल्नेछ । एशियाबाट आइसिसीको शिर्ष चार वरियता (भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश) ले सिधै क्वार्टरफाइनल खेल्दैछन् ।

नेपालले १२ वर्षपछि टेस्ट राष्ट्र अफगानिस्तानमाथि जित निकाल्दै राम्रो शुरुआत गरेको थियो । दोस्रो खेलमा पनि नेपाली टोलीले जापानलाई १५० रनको बलियो चुनौती दिँदै दोस्रो जित निकाल्ने लक्ष्य राखेको थियो । तर वर्षाकै १५ ओभरमा छोट्याइएको खेलमा जापानले इनिङ शुरुवात गर्न पाएन । नेपालको इनिङ सकिएपछि लगातार वर्षा भयो । मध्यक्रमका ब्याटर लोकेश बम र सन्दीप जोराको आक्रामक अर्धशतक प्रेरित नेपालले २० औं एशियाली खेलकुदमा जापानविरुद्ध चुनौतीपूर्ण लक्ष्य दिएको थियो । सन्दीप र लोकेशले अविजित अर्धशतक बनाउँदा नेपालले जापानलाई १५० रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो । खेलमा सुस्त शुरुवातका बाबजुद नेपालले विशाल योगफल खडा ग¥यो ।