काठमाडौं  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) को आयोजनाले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउने आशा व्यक्त गर्नुभएको छ ।
ललितपुरमा आइतबार भएको एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पोखरलले हरेक खेलको पे्रmन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । यसअघि नेपाल प्र्रिमियर लिग (एनपिएल) ले पनि नेपाली क्रिकेटको विकासमा राम्रो भुमिका खेलेको उल्लेख गर्दै एनएसएल पनि त्यस्त,ै माध्यम रहेको उहाँको भनाइ छ ।

खेलकुद विकासमा नीजि क्षेत्रको सहभागिता अपरिहार्य रहेकाले सरकार पनि सँगै अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपालको भविष्यका खेलाडी विद्यालयमा नै रहेकाले त्यसक्षेत्र नै लगानी बढाउन आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
मन्त्री पोखरेलले आगामी १०÷१५ वर्षमा खेल विकास गर्न सम्भव रहेको बताउनुभयो । उहाँले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै सबै पक्ष मिलेर नेपाली फुटबल अगाडि बढाउन आग्रह गर्नुभएको छ ।