अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन जाजे कार्यक्रम तय भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी सी चिनफिङको निमन्त्रणमा आगामी मे १३ देखि १५ तारिखसम्म चीनको भ्रमणमा जान लाग्नु भएको हो । बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले सोमबार यसको घोषणा गर्नु भएको हो । करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिले चीन भ्रमण गर्न लागेको यो पहिलो अवसर हो ।
अमेरिका र चीनबीच विभिन्न विषयमा तनाव बढिरहेका बेला हुन लागेको यो भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ । यो भ्रमण अमेरिका–इरानबीचको नाजुक युद्धविराम तथा होर्मुज जलडमरूमध्यको अवरोधका बीच हुन लागेको हो । अमेरिकी प्रधान उप–प्रेस सचिव एना केलीले आइतबार ट्रम्प मे १३ को साँझ बेइजिङ पुग्ने जानकारी दिनु भएको छ ।
हङकङस्थित साउथ चाइना मर्निङ पोस्टका अनुसार ट्रम्पले मे १४ मा राष्ट्रपति सी चिनफिङसँग स्वागत समारोह र द्विपक्षीय बैठकमा सहभागी हुनुहुने बताइएको छ ।
त्यसपछि उहाँको टेम्पल अफ हेभेन भ्रमण गर्ने तथा राजकीय भोजमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । मे १५ मा दुई नेताबीच पुनः द्विपक्षीय चिया भेटघाट र कार्यकारी भोजन हुने बताइएको छ । अमेरिकी पक्षले यसै वर्ष चिनियाँ राष्ट्रपति सीलाई प्रत्युत्तर भ्रमणका लागि अमेरिका निमन्त्रणा गर्ने योजना पनि बनाएको छ । यसका साथै दुवै देशका साझा आर्थिक तथा व्यापारिक चासोका विषयमा छलफल हुने बताइएको छ।