पाकिस्तान सरकारले ७ सय ६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको छ ।
पाकिस्तान सरकारले त्यसैगरी तीन हजार ७ सय अफगान शरणार्थीहरू पनि एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका हुन् । विभिन्न अभियोगमा पक्राउ परेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरूले बताएका छन् । अनुमानित ६० लाख अफगानहरू विदेशमा रहेका छन् । जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा रहेका अधिकारीहरूले बताएका हुन् । पछिल्लो समयमा दुवै देशले कागजातविहीन विदेशी नागरिकहरूलाई आफ्नो घर फर्कन दबाब बढाएको छ ।