काठकाडौं ।


अभिशेक गौतमको उत्कृष्ट बलिङमा विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित आत्मसात गरेको छ ।

जनकपुरमा शनिबार भएको खेलमा अभिशेक चम्किएपछि एपिएफले कर्णाली प्रदेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै जारी प्रतियोगितामा दोस्रो सफलता आत्मसात गरेको हो । स्पिनर अभिशेकले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएका थिए । समान छैठौंं खेलमा एपिएफको यो दोस्रो जित र कर्णालीको भने चौथो हार हो । कर्णालीले एक सय ८ रनको झिनो लक्ष्य दियो । जवाफमा एपिएफले त्यो लक्ष्य १२ ओभरमा बिना विकेट पूरा ग¥यो । प्रधानमन्त्री कपमा एपिएफले दोस्रो पल्ट १० विकेटले जित निकाल्यो । सन् २०२२ मा पनि एपिएफले सुदूरपश्चिमलाई १० विकेटले पराजित गरेको थियो । यस संस्करणमा खराब प्रदर्शन गरे पनि एपिएफ दोस्रो पल्ट फराकिलो जित निकाल्न सफल भएको छ । एपिएफको पाँच अंक र कर्णालीको तीन अंक रहेको आयोजकले जनाएको हो ।त्यस्तै, उत्कृष्ट लयमा रहेका अर्जुन कुमालको शतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

वीरगञ्जमा शनिबारै भएको दोस्रो खेलमा अर्जुनको शतक प्रेरित गण्डकीले कोशी प्रदेशमाथि ३९ रनको फराकिलो अन्तरले जित निकालेको हो । अर्जुनले एक सय २ रनको शतकीय इनिङ खेलेका थिए । अर्जुन म्यान अफ दी म्याच पनि भएका छन् । ्नारायणी क्रिकेट मैदानमा गण्डकीले दुई सय २८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कोशीले पूरै ओभर खेले पनि ९ विकेटको क्षतिमा १ सय ८८ रन मात्र बनाउन सक्यो । सामान्य लक्ष्य पछ्याए पनि कोशीले शुरुदेखि संघर्ष ग¥यो । कोशीका लागि दीपेश कँडेल सबैभन्दा सफल बलर साबित भएका थिए । यस जितसँगै गण्डकीले प्रतियोगितामा पाँच अंक जोडेको छ भने कोशी छैठौं खेलसम्म जितविहीन भएको भएको हो । प्रधानमन्त्री कपको इतिहासमा अर्जुनले एक हजार रनसमेत पूरा गरेका छन् । उनले मात्र २५ खेलमा १ हजार रन पूरा गरेका हुन् । एक हजार रन पार गर्ने अर्जुन दशौं खेलाडी हुन् ।