फिफा विश्वकप फुटबलमा कोलम्बियाले विजयी शुरुवात गरेको छ ।
मेक्सिको सिटी स्टेडियममा बिहीबार सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोलम्बियाले तीन अंक जोडेको छ । कोलम्बियाको जितमा खेलको ४०औँ मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै अग्रता बनाएका थिए ।
पहिलो हाफ १–० को अवस्थामा सकिएको खेलमा उज्बेकिस्तानले दोस्रो हाफको ६०औँ मिनेटमा खेल बराबरीमा ल्याउन सफल भएको हो । गोल थपेसँगै कोलम्बियाले ३–१ गोलको जित सुनिश्चित गर्न सफल भएको हो । यसअधि अमेरिकामा भएको अर्को खेलमा घानाले विजयी शुरुवात गरेको छ । समूह ‘एल’ अन्तर्गत घानाले आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डको सामना गर्ने भएको छ । पनामाले भने क्रोएसियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।