फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । 

बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । अन्तिम १६ बाट ८ टोली स्वार्टरफाइनलमा पुगेका छन् । जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन् । क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार बिहीबार मध्यराति पौने २ बजे खेल्दैछन् । दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियमबीच शुक्रबार राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ । स्पेनले अन्तिम–१६ मा पोर्चुगललाई १–० ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । बेल्जियमले अमेरिकालाई ४–१ गोलले हराएको थियो । 

तेस्रो क्वार्टरफाइनलमा पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका नर्वे र इङ्ग्ल्यान्डबीच शनिबार राति पौने ३ बजे खेल हुनेछ । अनि अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आइतबार बिहान पौने ७ बजे खेल हुनेछ ।