चर्को गर्मीपछि नदी, नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका हुन् । मानिसहरु अत्यधिक गर्मीका कारण नदी, नहर र जलाशयमा हाम फालेर शरीर चिस्याउन बाध्य भएका छन् । मृत्यु हुनेमा अधिकांश युवा समुहका रहेको जनाइएको हो ।


 फ्रान्समा मंगलबार इतिहासकै सबै भन्दा तातो दिन मापन गरिएको छ ।

शहरमा तापक्रम ४४ दशमलव ३ डिग्री सेल्सियस पुगेको हो । हाल फ्रान्सका आधा भाग अर्थात विभिन्न ५४ वटा स्थानमा रेड अलर्ट जारी गरिएको छ । साथै पश्चिमी ब्रिटनीमा १० औंं हजार घरहरू बिजुलीविहीन भएका कारण जनजीवन थप कष्टकर बनेको हो । यसअघि सन् २०२१ मा गर्मीले रेर्ड अर्लट जारी गर्नुपरेको थियो ।


मौसम विभागले तापक्रम अझै बढ्ने अनुमान रहेको भन्दै शर्तकता अपनाउन अनुरोध गरेको छ । विभागले यो अवस्था सन् २००३ को विनाशकारी गर्मीसँग तुलना गरेको छ । जुन बेला युरोपमा गर्मीका कारण करिब ८० हजार मानिसको मृत्यु भएको थियो । पछिल्लो समय युरोपका विभिन्न देशहरु बेलायत, इटाली, स्पेन, स्वीट्जल्याण्ड र बेल्जियमहरूमा अत्याधिक गर्मीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । संचारमाध्यमहरुले कतिपय क्षेत्रमा गर्मीकै कारण विद्यालय बन्द गरिनुका साथै रेल सेवा प्रभावित भएको हो ।