एजेन्सी ।
एन्डी बर्नहाम आधिकारिक रूपमा बेलायतका ५९ औँ प्रधानमन्त्री बन्नुभएको छ ।
बकिङ्गम प्यालेसमा राजा चाल्र्ससँग भएको निजी भेटघाटका क्रममा उनलाई सरकार गठनका लागि आमन्त्रित गरिएको हो ।
बर्नहामले यसअघि पनि लेबर पार्टीको नेता बन्ने प्रयास गरे पनि सफलता प्राप्त भएको थिएन । सन् १९७० मा लिभरपुलमा जन्मिएका बर्नहामको हुर्काइ वारिङ्टन नजिकैको एउटा गाउँमा भएको हो ।
उहाँका बुबा ब्रिटिश टेलिकममा इन्जिनियर र आमा रिसेप्सनिस्ट थिइन् । दुवै जना लेबर पार्टीका बलिया समर्थक भएकाले बर्नहामको राजनीतिमा चासो सानै उमेरमा सुरु भएको थियो । यसअघि बेलायतका प्रधानमन्त्री स्टार्मरले आफ्नो पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि उनले बकिङ्गम प्यालेस पुगेर राजा चाल्र्ससँग भेटघाट गरे ।
सत्ता हस्तान्तरण प्रक्रियामा यो एउटा परम्परागत औपचारिकता मानिन्छ । उक्त भेटघाटको केही बेरमै एन्डी बर्नहाम राजा चाल्र्सलाई भेट्न पुगेका थिए । स्टार्मरको राजीनामासँगै बेलायतमा जीवित पूर्वप्रधानमन्त्रीहरूको सङ्ख्या बढेर नौ पुगेको छ, जुन अहिलेसम्मकै रेकर्ड हो । ८३ वर्षीय जोन मेजर सबैभन्दा वृद्ध जीवित पूर्वप्रधानमन्त्री हुन् भने ४६ वर्षीय ऋषि सुनक सबैभन्दा कान्छा पूर्वप्रधानमन्त्री हुन ।