इरानमा रहेको भारतीय दूतावासले दूतावाससँगको समन्वयमा भारतीय नागरिकहरूलाई इरानबाट तुरुन्त बाहिरिन आह्वान गरेको छ ।

दूतावाससँग पूर्वपरामर्श र समन्वयबिना अन्तर्राष्ट्रिय सीमामा पुग्ने प्रयास नगर्न सुझाव दिँदै दूतावासका आपतकालीन नम्बरहरू समेत सार्वजनिक गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको युद्धविरामको घोषणा गर्दै र इरानको १० बुँदे प्रस्ताव बमोजिम इरानमाथि बम विस्फोट र आक्रमण अभियान स्थगित गर्ने घोषणा गरेपछि यो आह्वान आएको हो । इरानले विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिकाको आक्रामकता बिना हर्मुजमा इरानको नियन्त्रणको निरन्तरताका साथै महत्त्वपूर्ण विश्वव्यापी तेल निर्यात विन्दु सहित प्रमुख सिद्धान्तहरूमा प्रतिबद्ध हुने अपेक्षा गरिएको छ । सबै भन्दा महत्वपूर्ण बुद्धा भने इरानको आणविक कार्यक्रमको विषय हो । जुन लामो समय देखि दुई राष्ट्र र अन्तर्राष्ट्रिय समुदायबीच विवादको केन्द्रबिन्दु बनेको छ । तेहरानले सोही कार्यक्रमका सबै प्रतिबन्धहरू हटाउने लगायत आर्थिक राहतको आह्वान गरेको हो । जसले वर्षौंदेखि इरानको अर्थतन्त्रलाई गम्भीर असर पारेको छ । त्