एजेन्सी ।
रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रोल...
सबैभन्दा ठूलो मानवीय क्षति र भौतिक क्षति पूर्वी र पश्चिमी क्षेत्रको लिभभमा भएको जनाइएको छ । आक्रमणहरू युक्रेनी सहरहरूमाथि रुसले गरेको पछिल्ला ठूला आक्रमणको शृंखलामध्येको एक हो । मस्कोले गर्मीयाममा यस्ता आक्रमणलाई तीव्र बनाएको छ र अहिले लगभग हरेक साता यस्ता आक्रमण भइरहेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणपछि रुसको ’आतंक’को निन्दा गर्दै ’जीवनको सुरक्षा गर्न सहयोग गर्नु महत्वपूर्ण रहेको’ बताएका छन् । जेलेन्स्कीका अनुसार रुसले ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये उल्लेख्य संख्या ब्यालिस्टिक क्षेप्यास्त्र थिए । साथै २८० भन्दा बढी आक्रमणकारी ड्रोन प्रयोग गरिएको थियो ।
जेलेन्स्कीले ब्यालिस्टिक क्षेप्यास्त्रविरुद्ध प्रयोग हुने प्रतिरोधी क्षेप्यास्त्रको आपूर्तिमा भएको ढिलाइ तथा आवश्यक समयमा सहायता उपलब्ध हुन नसक्दा पछिल्लो आक्रमणमा भएको विनाश र मानवीय क्षति बढेको बताएका छन । युक्रेनी पक्षले आफ्ना सहयोगी राष्ट्रहरूसँग थप वायु रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउन निरन्तर आग्रह गर्दै आएको छ ।