राजस्थान पाँचौ जितको खोजीमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार सनराइजर्स हैदरावादले राजस्थान रोयल्सको सामना गर्ने भएको छ।

खेल हैदरावादमा सोमबार राति पौने ८ बजेदेखि सनराइजर्स हैदरावादले राजस्थान रोयल्सको सामना गर्ने भएको हो । जारी लिगको अपराजित टोली राजस्थान चार खेलबाट आठ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको हैदरावाद सोमबार दोस्रो जितको खोजीमा रहेको हो। दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिएका छन् ।

आईपीएल क्रिकेटमा आइतबार राति भएको खेलहरुमा रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटान्स विजयी भएका हुन् । मुम्बइको वाङ्खडे रंगशालामा भएको खेलमा बैंगलोरले घरेलु टोली मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । उता, लखनउमा आइतबार रातिनै भएको अर्काे खेलमा गुजरात टाइटान्सले घरेलु टोली लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको थियो ।