काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेलमा पराजित नेपालले सोमबार तेस्रो खेल खेल्दैछ ।

दुई खेलमा नेरदल्यान्ड्स र नामिबियाविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर प्रदर्शन गर्दै पराजयको सामना गरेको नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्न लागेको हो ।

नेपाल र नामिबियाको खेल सोमबार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना निकै सकसपूर्ण बनेको छ । पहिलो खेलमा नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा भएको खेलमा नामिबियासँग नेपाल ८ विकेटले पराजित भयो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा देखिएको थियो। जेजे स्मिथको घातक बलिङसामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन् । नेपालसमेत सहभागी शृंखलामा आयोजक नेदरल्यान्ड्सको दोस्रो जित निकालेको छ । यो जितसँगै नेदरल्यान्ड्सले ३० खेल खेल्दा ३६ अंक जोड्दै आफूलाई तेस्रो स्थानमा बलियो बनाएको छ ।

समान खेल खेलेको नेपाल र नामिबिया समान २४ अंकसहित पाँचौ र छैटौं स्थानमा छन ्। लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेल सोमबार नामिबिया र चौथो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।