एजेन्सी ।
होर्मुज संकटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने अमेरिकाले चेतावनी दिएको छ ।
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा नियन्त्रण कायम गर्ने र त्यहाँबाट शुल्क असुल्ने इरानको दाबीले विश्व अर्थतन्त्रमा जोखिम बढाउने र खतरनाक नजिर बस्ने चेतावनी दिनुभएको छ ।
फिलिपिन्सको राजधानी मनिलामा सुरु भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै रुबियोले कुनै पनि देशले अन्तरराष्ट्रिय जलमार्गमा नियन्त्रण कायम गरी शुल्क लिन वा शुल्क नतिरेमा जहाजमाथि आक्रमण गर्ने अवस्था स्वीकार्य नहुने बताउनुभयो ।
रुबियोले इरानले शान्ति सम्झौताअन्तर्गतका प्रतिबद्धताबाट पछि हटेको आरोप दोहो¥याउँदै तेहरानले अमेरिका र अन्य पक्षसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कमार्फत वार्ताको प्रयास गरिरहेको बताउनुभएको छ ।