काठमाडौं आइतबार ओरालो लागेको सुनचाँदीको भाउ आज भने बढेको छ ।
सुन अघिल्लो दिनको तुलनामा सोमबार तोलामा एक हजार नौ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाला सुन आज प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको मूल्य समेत तोलामा एक सय ४० रुपैयाँले पाँच हजार एक सय ५० रुपैया पुगेको छ ।