काठमाडौं ।

कृषि, वन तथा पर्यावरण गीता चौधरीले स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । 

नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवद्र्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिनुभयो 

तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना हुनु सान्दर्भिक रहेको उहाँको भनाई छ । उहाँले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको उत्पादन र बजारीकरणमा प्राथमिकता दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।मेलाले स्वदेशी उत्पादनको बजार विस्तार र हरित अर्थतन्त्रको विकासमा योगदान पु¥याउने संघकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार एक्स्पोमा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । 

‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारा मंगलवारदेखि शुरु भएको मेला कात्तिक २१ गतेसम्म चल्नेछ ।