काठमाडौं ।

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब रुपैयाँ संकलन, आवद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो, अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन अझै चुनौती ।।

सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन भएको छ ।

गत असोज मशान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन् । कोषमा सहभागिताको हिसावले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ठूलो छ । सोही कारण योगदानको हिसाबले पनि उनीहरुले नै बढी गरेका छन् ।कोषकाअनुसार वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा आवद्ध भएका छन् । यो कुल योगदानकर्ताको करिव ७५ प्रतिशत हो ।

त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आवद्ध भएका छन् । औपचारिक क्षेत्रअन्तर्गत सातै प्रदेशबाट योगदानकर्ता आबद्ध भएका छन् ।सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रको सहभागिता बागमती प्रदेशमा सबैभन्दा बढी केन्द्रित रहेको देखाएको छ । विशेषगरी निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य संगठित संस्थामार्फत औपचारिक क्षेत्रका श्रमिक कोषमा जोडिएका छन् । कोषमा आवद्ध हुने योगदानकर्ताको संख्यामा वैदेशिक रोजगारी क्षेत्र सबैभन्दा अगाडि छ ।

औपचारिक क्षेत्रपछि योगदानकर्ताको ठूलो हिस्सा वैदेशिक रोजगारी क्षेत्रको छ । तर अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता भने निकै न्युन छ । कुल ३२ लाखभन्दा बढी योगदानकर्ता आबद्ध हुँदा अनौपचारिक क्षेत्रका १ हजार १६८ र स्वरोजगार क्षेत्रका १ हजार ४९२ जना मात्रै कोषमा जोडिएका छन् । यसले श्रम बजारमा ठूलो हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन अझै चुनौती रहेको देखाएको छ ।