काठमाडौं ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले राजश्वको महत्वकांक्षी लक्ष्य पूरा गर्ने दाबी गर्नुभएको छ । 

सरकारले आर्थिक वर्ष २०८३, ८४मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कूल लक्ष्यको २३ प्रतिशत मात्रै राजश्व उठेको छ । अर्थमन्त्री वाग्लेले राष्ट्रिय कर दिवसको अवसरमा गत वर्षको तुलनामा यस पटक करिब २७ प्रतिशतले बढी राजश्व उठाउने लक्ष्य महत्वाकाक्षी व्यक्त गर्नुभएको हो ।

अर्थमन्त्रीले कोभिड महामारीपछि नेपालमा राजश्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेको उल्लेख गर्दै तर यसपटक २७ प्रतिशतले वृद्धि हुने दाबी गर्नुभयो । अर्थमन्त्री वाग्लेले वर्तमान सरकार आर्थिक गतिविधि अघि बढाउन सफल भएको खाबी गर्दै राजश्व संकलनको गति अझ तीव्र बनाइने बताउनुभएको छ । 

अर्थमन्त्री वाग्लेले राजश्व संकलनको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ ।