काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पु¥याउने लक्ष्य लिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता थपिने जनाएको हो । निर्माणाधीन तथा निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष प्रयास गर्ने सरकारको योजना रहेको छ । निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई पनि सहजीकरण गरी निर्धारित समयमा
तिनलाई पनि सम्पन्न गर्ने लक्ष्य छ । त्यस्त,ै वार्षिक कार्यक्रम अनुसार ६६ केभी प्रसारण लाइन सात हजार ४८ सर्किट किलोमिटरबाट बढाएर ७ हजार ८ सय ८ सर्किट किलोमिटर पुयाउने लक्ष्य छ । त्यसैगरी, ३३ केभी प्रसारण लाइन ८ हजार ३ सय २५ सर्किट किलोमिटरबाट बढाएर ८ हजार ४ सय २९ सर्किट किलोमिटर पु¥याउने लक्ष्य रहेको मन्त्रालयले जनाएको हो ।
आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत खपत ५ सय ११ किलोवाट घण्टा पुयाउने तथा विद्युत् चुहावट १२ दशमलव ०३ प्रतिशतमा सीमित गर्ने सरकारको लक्ष्य छ । लघु तथा साना जलविद्युत आयोजनाबाट ४३ मेगावाट तथा सौर्य ऊर्जाबाट ९९ मेगावाट विद्युत उत्पादन क्षमता थप गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको हो । आगामी आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्य छ ।