काठमाडौं ।

सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेका हो । 

भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ८७ हजार ४०० रुपैयाँ रहेको थियो ।  

चाँदी आज तोलामा ३५ रुपैयाँले घटेको छ । 

शुक्रबार तोलाको चार हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको चार हजार ४७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।