काठमाडौं  साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३४.६३ अंक घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ६३ अङ्कले घटेर २ हजार ७०४ दशमलव ०८ विन्दुमा झरेको हो ।

शेयर बजार लगातार चौथो कारोबार दिन घटेको हो ।आज माइक्रोफाइनान्स बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक साढे २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २४० वटा कम्पनीको शेयर घटेकोमा २७ वटाको बढेको छ । आज रसुवागढी हाइड्रोपावर र स्वरोजगार लघुवित्तको शेयर भने घटबढ भएको छैन ।

आज कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा धेरै साढे १२ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर भने १५ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ३४१ वटा कम्पनीका १ करोड ७४ हजार कित्ता शेयर ४ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ ।