काठमाडौं

नेप्से बुधबार ४५ दशमलव १२ अङ्कले बढेर २ हजार ८ सय २ दशमलव ५२ विन्दुमा पुगेको हो । सबै समूहको सूचक बढेकोमा उत्पादन समूहको सूचक सबै भन्दा बढी ३ दशमलव ८७ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत समूहको सूचक साढे २ प्रतिशतले बढेको हो। बुधबार २ सय ५१ वटा कम्पनीको शेयर बढेकोमा १५ वटाको घटेको छ । त्यस्त,ै आशा लघुवित्त र मेन्छियाम हाइड्रोपावरको शेयर घटबढ भएको छैन । रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर १० प्रतिशतले बढेको हो । समग्रमा बजार बढेको दिन श्वेत गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शनको शेयर सबै भन्दा बढी ४ दशमलव ३५ प्रतिशतले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब ७३ करोडको कारोबार भएकोमा बुधबार ३ सय ४६ वटा कम्पनीका १ करोड ८८ लाख कित्ता शेयर ८ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको हो ।